काठमाडौं । एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
यसैबीच, आएपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा एनसी एग्रो टेक इण्ड्रष्ट्रिजका तर्फबाट सञ्चालक दीपकप्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन् ।
२०७५ कात्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस कम्पनीले विभिन्न् प्रजातिका च्याउ र च्याउजन्य वस्तुहरू उत्पादन गर्दै आएको छ । कम्पनीको च्याउफार्म पूर्व नवलपरासी गैँडाकोटमा रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.