काठमाडौं । हालसम्म १२ वटा बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्।
तीमध्ये ६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी रहेका छन्। अन्य कम्पनीहरूले भने अझै लाभांश घोषणा गरेका छैनन्।लाभांश घोषणा गर्ने जीवन बीमा कम्पनीहरूमा सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन्। त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने भएको छ। सानिमा जीआईसी इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिनेछ। नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत नगद लाभांश दिने भएको छ।
जीवन बीमा कम्पनीहरूतर्फ सानिमा रिलायन्स लाइफले १.२४ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९.२४ प्रतिशत लाभांश दिनेछ। नेपाल लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। आइएमई लाइफ इन्स्योरेन्सले २१.१ प्रतिशत नगद लाभांश दिनेछ भने हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। सिटिजन लाइफ इन्स्योरेन्सले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद गरी कुल २८.४ प्रतिशत लाभांश घोषणा गरेको छ।
बीमा कम्पनीहरूले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ। अन्य बीमा कम्पनीहरूले पनि चाँडै लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।