add

नेको इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो






ActPro Nepal

|

२८ फागुन, २०८१

|
100

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । इन्स्योरेन्सले हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा चैत १४ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

शेयरधनीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइन मार्फत समेत हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.