add

शेयर बजारमा दोहोरो अङ्कको गिरावट






ActPro Nepal

|

२६ फागुन, २०८१

|
179

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६८ अंकले घट्दै २,७५१ बिन्दुमा कायम भएको छ।

दोहोरो अंकको गिरावटबीच ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कुल कारोबार रकम ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।

बजार ओरालो लागेको दिन समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै फाइदा लिएका छन्, जसको शेयर मूल्य ९.९८% ले वृद्धि भएको छ। त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र विन नेपाल लघुवित्तका लगानीकर्ताहरूले ८.७३% को दरले लाभ लिएका छन्। यस्तै, स्वाभिमान लघुवित्तका शेयरधनीहरूले ३.०२% को वृद्धि अनुभव गरे भने ग्रिन विकास बैंकका लगानीकर्ताहरूले २.५६% को दरले फाइदा लिएका छन्। बजार समग्र रूपमा ओरालो लागे पनि केही कम्पनीहरूले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.