काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि १० जनाले आवेदन दिएका छन् ।
नेप्सेको सीईओका लागि आवेदन दिने अन्तिम दिन आइतबार ५ बजेसम्म १० जनाले दरखास्त दिएका हुन् ।
अर्थ मन्त्रालयका अनुसार नेप्सेको सीईको लागि इलामका पूर्ण प्रसाद आचार्य, नुवाकोटका बद्री प्याकुरेल, सर्लाहीका नारदकुमार खतिवडा, झापाका युवराज दाहाल, चुडामणी चापागाई, काभ्रेका प्रविण अधिकारी, सिराहका बिमल तिवारी, पाल्पाका कृष्णबहादुर कार्की र हेमन्त बस्याल तथा डडेल्धुराका मुकुन्दराज जोशीले आवेदन दिएका हुन् ।
आवेदन दिएका मध्येबाट अब प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सिफारिस भएका मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से नेतृत्वविहीन छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।