add

आज राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता तान्दै






ActPro Nepal

|

२५ फागुन, २०८१

|
276

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट थप २५ अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकले २१ दिन अवधिको लागि निक्षेप संकलन उपकरणको बोलकबोल हुने गर्न लागेको हो ।

गत फागुन ४ गते वित्तीय प्रणालीबाट खिचेको ३३ अर्ब १५ अर्ब रुपैयाँ आजै परिपक्क हुने भएपछि २५ अर्ब खिच्न लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा ब्याजदर धेरै घटबढ हुन नदिन निक्षेप संकलन गर्छ । केन्द्रीय बैंकले निक्षेप संकलनमा बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी अन्तर बैंक दरलाई व्यवस्थापन गर्ने गर्छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

साँवा र ब्याज भुक्तानी मिति चैत १७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अधिक तरलता रकमा निक्षेप संकलन उपकरणमा भन्दा पनि स्थायी निक्षेप सुविधामा बढी लगानी गर्न थालेका छन । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरका कारण कर्जाको माग बढ्न सक्ने सम्भावना देखेसँगै धेरै निक्षेप संकलनमा भन्दा एसडीएफमा तरलता व्यवस्थापन गर्न थालेका छन । बैंकहरुले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेको ९५ अर्ब ९० करोड परिपक्क हुन बाँकी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.