add

सुनिल क्षेत्री १ वर्षपछि भारतीय फुटबल टोलीमा फर्किए






ActPro Nepal

|

२३ फागुन, २०८१

|
236

काठमाडौं  । भारतीय पूर्व कप्तान सुनिल क्षेत्री एक वर्षको अन्तरालपछि पुनः भारतीय फुटबल टोलीमा समावेश भएका छन्। भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेका छन्, जसमा सुनिल क्षेत्रीको नाम समावेश गरिएको छ।

सुनिल क्षेत्रीले गत जूनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए, तर मार्चको अन्तर्राष्ट्रिय ब्रेकका लागि उनलाई फेरि राष्ट्रिय टोलीमा स्थान दिइएको छ। भारत मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। यस खेलमा सुनिल ४० वर्ष ७ महिना १६ दिनका हुनेछन्।

भारतीय टोली त्यसपछि मार्च २५ मा सिलङ स्थित जवाहरलाल नेहरू स्टेडियममा बंगलादेशविरुद्ध एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको उद्घाटन खेल खेल्नेछ। यस समूहमा हङकङ र सिंगापुर पनि रहेको छ।

प्रशिक्षक मार्क्वेजले भनेका छन्, "एसियन कपको छनोट हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। यस प्रतियोगिताको महत्त्वलाई ध्यानमा राख्दै, मैले सुनिलसँग राष्ट्रिय टोलीलाई मजबुत बनाउन पुनरागमनको विषयमा छलफल गरे। उनले सहमति जनाए, त्यसैले हामीले उनलाई टोलीमा समावेश गरेका छौं।"

सुनिल क्षेत्रीले १ सय ५० अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गरेका छन् र पुरुष फुटबलमा देशको लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनी क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, र इरानका अली दाइपछि चौथो स्थानमा छन्। हाल उनी बेंगलुरु एफसीबाट भारतीय सुपर लिग खेलिरहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.