काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने भएका छन्।
सेमिफाइनलमा भारतले मंगलबार राति अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको गर्दै फाइनलमा पुगेको हो। यस्तै न्युजिल्याण्डले बुधबार राति दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको गर्दै फाइनलमा पुगेको छ।
फाइनल खेल आइतबार हुने छ।
दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा विजयका लागि २६५ रनको चुनौती भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो। भारतका लागि विराट कोहलीले ९८ बलको सामना गर्दै सर्वाधिक ८४ रन बनाएका थिए।
त्यस्तै श्रेयस अथ्यरले ४५, केएल राहुलले ३४ बलमा अविजित रहँदै ४२ तथा कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयाले समान २८ रन बनाएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनाएको थियो।
कप्तान स्टेभेन स्मिथले ७३ र एलेक्स क्यारीले ६१ रन बनाएका थिए। त्यस्तै ओपनर ट्राभिस हेडले ३९ रन जोड्न सफल भए। भारतका लागि मोहम्मद शमीले ३, रविन्द्र जडेजा र वरुण चक्रवर्तीले २–२ विकेट लिएका थिए भने हार्दिक पाण्डेया र अक्षर पटेलले १–१ विकेट लिन सफल भएका थिए।
यस्तै पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्याण्ड ५० रनले विजयी भएको छ। पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको गुमाएर ३६२ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि रचिन रविन्द्रले १०१ बलमा १०८ तथा केन विलियमसनले ९४ बलमा १०२ रन बनाएका थिए।
त्यस्तै ग्लेन फिलिप्सले २७ बलमा अविजित रहँदै ४९ तथा डयारेल मिचेलले ३७ बलमा ४९ रन बनाए।
दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ तथा कागिसो रबाडाले २ विकेट लिएका थिए। दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ३१२ रनमात्र बनाउन सक्यो। डेभिड मिलरले ६७ बलमा अविजित रहँदै सय रन जोडेका थिए भने रस्सि भान डर डुसेनले ६९ तथा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए।
मिचेल सान्टनरले ३ तथा ग्लेन फिलिप्स र माट हन्रीले २–२ विकेट लिए। अलराउन्डर रचिनले १०८ रन, १ विकेट र २ क्याच लिएर उनी म्यान अफ द म्याच भएका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।