add

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे






ActPro Nepal

|

२१ फागुन, २०८१

|
113

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे पुनः निर्वाचित भएका छन् । भक्तपुरमा भएको पार्टीको आठौं महाधिवेशनले बिजेक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको एक नेताले जानकारी दिए ।

महाधिवेशनले बिजुक्छेको अध्यक्षमा ३३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । सचिवमा प्रेम सुवाल चयन भएका छन् । बिजुक्छे चार दशकभन्दा बढी समयदेखि पार्टी अध्यक्ष हुँदै आएका छन् । त्यस्तै कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई छानेको छ ।

केन्द्रीय सदस्यहरुमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, सुरेन्द्रराज गोसाई, रबिन्द्र ज्याख्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सूजना सायजू छन् ।

त्यस्तै सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छे, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की, खड्गराज शाही सदस्य छन् । वैकल्पिक केन्द्रीय सदस्यमा मन्जु चौधरी, विनोद विक, तुलसी खड्का र प्रकाश गुरुङ छन् ।

महाधिवेशनका बन्दशत्रमा बोल्दै बिजुक्छेले संसदवादी दलहरूको नाम भिन्न रहे पनि काममा कुनै भिन्नता नभएको बताए ।

‘पार्टीमा लामो समयदेखि लागेकाहरू आफ्नो व्यक्तिगत काममा मात्र लाग्ने होइन पार्टीमा पनि सक्रिय हुनु जरुरी छ । पार्टी सदस्यले सारा जनताका छोराछोरीको लागि चिन्ता लिनु आवश्यक छ । नेमकिपाको लक्ष्य देश र जनताको निःस्वार्थरूपमा सेवाबाहेक अर्को छैन,’ उनले भने, ‘पार्टी कार्यकर्ताहरू सिद्धान्तच्युत हुनुहुँदैन । विरोधी पार्टीले फसाउनेबारे सचेत हुनु जरुरी छ । आफ्नो मान्छे हुँदैमा छुट दिने उदारवादको विरोध गर्नु आवश्यक छ ।’

सच्चा कम्युनिस्ट पार्टीले गल्ती भएमा समयमै आलोचना र आत्मालोचना गर्ने चर्चा गर्दै उनले चिनियाँ कम्युनिस्ट पार्टीले समयमै सोभियत संघको कम्युनिस्ट पार्टीको संशोधनवादी नीतिमाथि आलोचना गरेजस्तै पार्टीभित्र कमीकमजोरी भए समयमै आलोचना गर्नु जरुरी भएको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.