add

च्याम्पियन्स ट्रफी:अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा






ActPro Nepal

|

२१ फागुन, २०८१

|
157

काठमाडौं ।आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । मंगलबार अस्ट्रेलियालाई चार विकेटले हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो । 

दुबई स्टेडियममा पहिला टस जितेर अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८ दशमलव १ ओभरमा नै ६ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितका लागि विराट कोहली नायक बने । 

उनले सर्वाधिक ८४ रनको योगदान दिए । यस्तै अन्तिमतिर आएका हार्दिक पाण्ड्याको इनिङ्स पनि महत्वपूर्ण रह्यो । तीन छक्का र एक चौका प्रहार गर्दै २८ रनमा आउट भए पनि उनले जितका लागि पक्का गरेका थिए । 

यस्तै विराटसँग श्रेयस यय्यरले पनि राम्रो साझेदारी गरे । आउट हुनुअघि उनले ४५ रन बनाए । यस्तै विजयी इनिङ्स खेलेका केएल राहुलले नटआउट ४२ रन बनाए । 

कप्तान रोहित शर्माले २८ रन बनाउँदा अक्षर पटेलले २७ तथा सुभमन गिलले ८ र रवीन्द्र जडेजाले २ रन बनाए । अस्ट्रेलियाका लागि बलिङतर्फ एडम जाम्पा र नाथन इलिसले २/२ विकेट लिँदा कुपर कन्नोली र बेन ड्वारशुसले एक/एक विकेट लिए । 

टस जित्दै पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ३ ओभरमा अलआउट हुँदै २६४ रन बनाको थियो । 

अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले सर्वाधिक ७९ रन बनाउँदा एलेक्स क्यारीले ६१ रन बनाए । यस्तै ट्रभिस हेडले ३९, मार्नुस लाबुसेनले २९, बेन ड्वाराशुसले १९, जोश इङ्लिसले ११ र नाथन इलिसले १० रन बनाए । 

भारतका लागि मोहम्मद शमीले ३ विकेट लिँदा रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले २/२ तथा अक्षर पटेल र हार्दिक पाण्ड्याले १/१ विकेट लिए । 

जितसँगै भारतले फाइनल मात्र पक्का गरेन सन् २०२३ मा उपाधि गुमाएको बदला समेत लिएको छ । एक दिवसीयमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई हराउँदै आज भारतले च्याम्पियन्स ट्रफीको उपाधि जित्ने दाबी बलियो बनाएको छ । 

अब दोस्रो सेमिफाइनल खेल न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । जारी प्रतियोगितामा समूचरणदेखि सेमिफाइनलसम्म पुग्दा भारत अपराजित छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.