add

नेपालले विश्वकप खेलेको हेर्ने बुफोनको इच्छा






ActPro Nepal

|

१९ फागुन, २०८१

|
355

काठमाडौँ । इटालीका पूर्वकप्तान तथा विश्वप्रसिद्ध गोलकिपर जियानलुइजी बुफोनले नेपाललाई एसियन कप, विश्वकप लगायतका ठूला फुटबल प्रतियोगितामा खेल्न हेर्न चाहेको बताएका छन्।

आइतबार काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले नेपालले विश्व फुटबलका ठूला प्रतियोगितामा स्थान बनाउन आवश्यक संरचना निर्माण र लगानी गर्नुपर्ने सुझाव दिए। ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एक दिन पूरा हुने उनको भनाइ छ।

बुफोन सन् २००६ को फिफा विश्वकप विजेता इटाली टोलीका प्रमुख गोलकिपर हुन्। नेपाल आउनु आफ्ना लागि सपना पूरा भएको बताउँदै उनले सानै उमेरदेखि नेपालको झन्डा आकर्षक लागेको स्मरण गरे। नेपालमा आएको अनुभवलाई अविस्मरणीय बताउँदै उनले आयोजकलाई धन्यवाद ज्ञापन गरे।

बुफोन नेपालका लागि विशेष अवसर केपी ओली कपको फाइनल हेर्न आएका हुन्। सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र साबिक विजेता मच्छिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन्। बुफोन उक्त खेलका प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।

आफू सधैं कामप्रति समर्पित रहने भएकाले आफ्नो फिटनेस राम्रो रहेको अनुभव सुनाउँदै उनले आगामी दिनमा नेपाल फेरि भ्रमण गर्ने इच्छा व्यक्त गरे। अर्को पटक नेपाल आउँदा धार्मिक स्थल भ्रमण र अन्य क्षेत्र अवलोकन गर्ने उनको योजना रहेको छ।

बुफोन फुटबल इतिहासका महानतम् गोलकिपरमध्ये एक मानिन्छन्। उनले सन् २००६ को फिफा विश्वकप जित्दै इटालीलाई गौरवान्वित बनाएका थिए। उनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा ८० खेलमा इटालीको कप्तानका रूपमा भूमिका निर्वाह गरेका थिए। सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका बुफोन नेपाल आउने विश्व फुटबलका ठूला खेलाडीहरूमध्ये एक हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.