काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले आफ्नो अपराजित यात्रा कायम राख्दै न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको छ।
आइतबार भएको खेलमा २५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५.३ ओभरमा २०५ रनमै समेटियो। भारतका वरुण चक्रवर्तीले ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए। न्युजिल्याण्डका केन विलियमसनले सर्वाधिक ८१ रन बनाए।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर न्युजिल्याण्डले बलिङ रोजेपछि भारतीय टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो। श्रेयस अय्यरले ७९ रनको उत्कृष्ट योगदान दिए। न्युजिल्याण्डका म्याट हेनरीले ५ विकेट लिए।
यो जितपछि भारत समूह ए को शीर्ष स्थानमा पुगेको छ। अब भारतको सेमिफाइनल खेल मार्च ४ मा सोही मैदानमा अष्ट्रेलियासँग हुनेछ। दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्नेछन्।
भारतविरुद्ध न्युजिल्याण्ड खेलको स्कोरबोर्ड
दुबै टोलीको प्लेइङ-११:
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी, वरुण चक्रवर्ती।
न्युजिल्याण्ड: मिचेल स्यान्टनर (कप्तान), विल योङ, रचिन रविन्द्र, केन विलियमसन, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन, विलियम ओ'रोर्क।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।