add

सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक (सूचनासहित)






ActPro Nepal

|

१६ फागुन, २०८१

|
127

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने छ ।

उम्मेदवारहरुले प्रत्येक चरणको परीक्षामा उपस्थित हुँदा प्रवेश पत्र र नागरिकताको सक्कल प्रति साथमा लिएको हुनु पर्नेछ । प्रत्येक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन हुने छ, उत्तीर्ण उम्मेदवारहरुलाई मात्र अर्को चरणको परीक्ष सम्मिलित  हुन पाउने छन् ।

परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशीतर्फ एउटै परीक्षा सञ्चालन गरिने छ र निजहरुले प्राप्त गरेको अङ्गको आधा समावेशीतर्फ उम्मेदवारहरु बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने मानवस्रोत विभागले जनाएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.