add

फागुन १४ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१४ फागुन, २०८१

|
426

आजको पञ्चाङ्ग  

काठमाडौं ।२०८१ फागुन १४ गते, बुधवार, २६ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष त्रयाेदशी तिथि, ९ः४७ बजेपछि चतुर्दशी। श्रवण नक्षत्र, १६ः३७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर।

आजको राशिफल

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : आफ्नै राशिमा उदय वृहस्पति पुगेका छन्। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।

मिथुन : अष्टम भावमा चन्द्रमा भएकाले पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कर्कट : परिवारसँग घुमघाम हुने योग छ। रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। बाहिरको खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ।

कन्या : परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ। व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुला : योजना अनुसार काम नबन्ने जोखिम छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिएर तपाईंले आरोपको सामना गर्नुपर्नेछ। गुरुको सुझाव अनुसार काम गरेमा सफलता मिल्नेछ।

वृश्चिक : शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : दिन राम्रो छ। योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।

मीन : सम्पत्ती कमाउने दिन छ। हाकिमसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.