add

कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकताः उपराष्ट्रपति यादव






ActPro Nepal

|

१४ फागुन, २०८१

|
221

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक प्रविधि, सीपले सुसज्जित, अध्ययन–अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताएका छन्।

सेना दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भन्, 'नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र आफ्नै आर्थिक प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकीकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैरअनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्न सक्नुपर्दछ।'

महाशिवरात्रि सेना दिवसका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवले दिवसले सेनाहरूको साहस, वीरता, समर्पण र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै सेनाले राष्ट्र सुरक्षा र सम्मानको रक्षा गर्ने उल्लेख गरेका छन्। नेपाली सेना साहसी र समर्पित भावले काम गरिरहेको उनको भनाइ छ।  

'सेना दिवसका अवसरमा हामी सबै मिलेर देशको सुरक्षा र विकासमा योगदान दिने सङ्कल्प लिन सक्नुपर्दछ। सेनाले मुलुकलाई बाहिरी शत्रुबाट रक्षा गर्नुका साथै विभिन्न प्राकृतिक प्रकोप र विप


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.