add

राजाको सन्देशलाई स्वागत गर्छौं: राजेन्द्र लिङ्देन






ActPro Nepal

|

८ फागुन, २०८१

|
83

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताएका छन्।

उनले आफूहरू राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित  कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको प्रतिक्रिया दिएका हुन्।

राप्रपाले राजसंस्थाको पुनर्स्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेन्डासहित सातवटै प्रदेशमा सभाको आयोजना गर्ने जानकारी पनि दिए।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनाको लागि सभामार्फत सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने उनको योजना छ।

पूर्वराजा शाहद्वारा जारी सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरूबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको दाबी पनि उनले गरे।

उनले गरे, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित  कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दुराष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौँ। त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौँ। पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ। स्वाभाविक रूपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौँ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.