काठमाडौं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
एलसी इनर्जीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।