add

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची






ActPro Nepal

|

६ फागुन, २०८१

|
139

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.