काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ ।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका १२ जना मध्येबाट ५ जनाको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
समितिका अनुसार कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा सर्टलिष्टमा परेका छन् ।
सर्टलिष्टमा परेका रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन्। त्यस्तै, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक, पुडासैनी पूर्वराजस्व सचिव तथा हाल कृषि विकास बैंकका अध्यक्ष र ओझा पत्रकार हुन्।
समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ। प्रतुतीकरण र अन्तरवार्ता सो दिन अर्थमन्त्रालयमा दिउँसो २ बजे सुरु हुनेछ।
सर्टलिस्टमा परेका ५ जनामध्येबाट ३ जनाको नाम समितिले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। तीमध्ये १ जनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।