add

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल आजदेखि,कस्ता छन् टोली तीन टोली?






ActPro Nepal

|

५ फागुन, २०८१

|
173

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप  काठमाडौंमा शुरू हुँदैछ।  फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ।

उपाधि जित्ने चारै टोलीको दाबी

प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन्।खेलअघि  आइतबारआयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सबै टिमका प्रशिक्षक र कप्तानले यस्तो दाबी गरेका हुन्। नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालको तयारी पूरा भएको र आफुहरु खेल्नका लागि तयार रहेको बताए । यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यस प्रतियोगिता महिला टिमका लागि उत्कृष्ट अवसर भएको बताइन्।

नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ।

यसैगरी प्रि–म्याच कन्फ्रेरेन्समा कीर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट खेल्ने दाबी गरेका थिए। नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाबाहेक बाहिरका टोलीसँग पनि खेल्दै आएको छ। 

ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो। नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेल्न लागेको हो।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा माथि रहँदा कीर्तिस्तान र लेवनान तल छन्। नेपाली महिला फुटबल टोलीले पछिल्लो पटक गत नोभेम्बरमा घरेलु मैदानमै दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप खेलेको थियो। दशरथ रंगशालामै भएको उक्त प्रतियोगितामा बंगलादेशसँग पराजित हुँदा नेपालले उपविजेतामै चित्त बुझाएको थियो।

हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ।

कस्ता छन् टोली तीन टोली 

म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्नेमध्ये सबैभन्दा उच्च वरीयताको टोली र उपाधिको प्रबल दाबेदार हो। म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा छ।

म्यानमारले पाँच पटक एएफसी महिला एसियन कप खेलिसकेको छ । म्यानमारले सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कपको पछिल्लो संस्करणमा प्रतिस्पर्धा गरेको थियो।

म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन। टोली यस प्रतियोगतामा पनि पुरानो लय कायम राख्ने लक्ष्यमा छ। नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ। जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ।

सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो। त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो।

म्यानमारले पछिल्लो पटक गत अक्टोबरमा हङकङसँग मैत्रीपूर्ण खेल खेलको थियो। त्यसमा टोलीले दुवै खेल समान ४–१ ले आफ्नो पक्षमा पारेको थियो।

फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ। हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ। किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ। सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो।

किर्गिस्तान करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किंदै छ। टोलीले पछिल्लो पटक सन् २०२३ को अप्रिलमा ओलम्पिक एसिया छनोटको पहिलो चरणमा भारतसँग प्रतिस्पर्धा गरेको थियो।

प्रतियोगिता खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको टोली हो लेवनान हो। टोली हाल वरीयताको १३४औं स्थानमा छ। नेपाल र लेवनान हालसम्म एक पटक मात्रै आमने सामने भएका छन्। गत वर्ष साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ ले पराजित गरेको थियो।

त्यसयता लेवनान पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिँदै छ। लेवनान सन् २०२२ को वाफ च्याम्पियनसिपमा भने उपविजेता बनेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.