add

विपिन जोशी चाँडै रिहा हुने परराष्ट्रमन्त्री राणाको भनाई






ActPro Nepal

|

४ फागुन, २०८१

|
84

काठमाडौं ।  ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी चाँडै नै रिहा हुने बताएकी छन्। 

कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग ओमानको राजधानी मस्कटमा भेटवार्ता गरेपछि मन्त्री राणाले जोशी चाँडै रिहा हुने जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्चालमार्फत यस्तो जानकारी दिएकी हुन्। 

उनले सामाजिक सञ्चालमार्फत भनेकी छन्, ‘हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्‍यौं। हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्।’

परराष्ट्र मन्त्री राणा हिन्द महासागर सम्मेलन–२०२५ मा सहभागी हुन ओमान पुगेकी हुन्। राणाले कतारी राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिइन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.