add

क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन






ActPro Nepal

|

४ फागुन, २०८१

|
169

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ एक सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो।

क्यानले नेपाली टिमको मुख्य प्रशिक्षक बन्न ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव हुनुपर्ने मापदण्ड तोकेको छ। 

साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ। फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ।

क्यानले सम्झौता नवीकरण नगरेपछि भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएको थियो। त्यसपछि नेपाली टिम मुख्य प्रशिक्षक बिहीन छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.