add

सरकारले ब्रह्मलुट गर्न अध्यादेश ल्यायो : खनाल






ActPro Nepal

|

४ फागुन, २०८१

|
118

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै खनालले दुई तिहाई बहुमत हुँदा पनि वैज्ञानिक भूमिसुधारतर्फ ध्यान नदिइएको उल्लेख गरे।

उनले भूमि सुधारमार्फत कृषिमा क्रान्ति गर्नुपर्नेमा सरकार उल्टै अध्यादेश ल्याएर अनियमितता गर्ने प्रयासमा रहेको जिकिर गरे।

‘हामीले दुई तिहाई बहुमत हुँदा वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं,’ खनालले भने, ‘तर अहिले सरकारले सुधार गर्नुको सट्टा ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ। कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बेला उल्टै किसानले बजार नपाउने स्थिति छ।’

उनले कृषि क्षेत्रमा यान्त्रीकीकरण आवश्यक रहेको बताउँदै किसानले उत्पादन गरेको वस्तु उचित मूल्य नपाउनु चिन्ताजनक रहेको उल्लेख गरे।

खनालले देश संकट उन्मुख रहेको बताउँदै भ्रष्टाचार अन्त्य गरेर समाजवाद उन्मुख व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए। ‘समाजवादको नाम मात्र लिने धेरै भए, तर वास्तविक समाजवादको अभ्यास नगरेसम्म त्यो सम्भव छैन,’ उनले भने।

त्यस्तै, उनले नेपाली भूभाग विदेशी कब्जामा रहेको दाबी गर्दै त्यसलाई फिर्ता ल्याउन सरकार गम्भीर नभएको आरोप पनि लगाए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.