add

हुलाकी राजमार्गको रतुवा खोलामा १७ वर्षमा बन्यो पक्की पुल






ActPro Nepal

|

३ फागुन, २०८१

|
256

झापा । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उनले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताए ।

विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायररसमतारआशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते २२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उनले बताए।

सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आर्थिक वर्ष २०६४/६५ मा कालिका-ओसिए जेभीले १० करोड ३२ लाख रुपैयाँमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । ३४८ मिटर लम्बाइ रहेको सो पुल २०४.८ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो ।

‘पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ,’ उनले भने, ‘सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ ।’ पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ ।

उनले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताए । ठेकेदारको लापरवाहीले सो पुल निर्माणमा समेत ढिलाइ भइरहेको छ ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.