add

हर्क साम्पाङले भने : ०८४ मा बहुमत दिने भए पार्टी खोल्छु!






ActPro Nepal

|

३ फागुन, २०८१

|
360

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा गरेका छन्। उनले आउँदो चुनावसम्ममा पार्टी खोल्ने र निर्वाचनमा भाग लिने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ८४ मा बहुमत दिने भए पार्टी खोल्ने इच्छा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, 'म बुझ्न चाहन्छु यदी ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु!'

मिसन ८४ स्वरुप पार्टी खोलेमा भ्रष्टाचार गरी ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी जेल कोच्ने यसको मूल एजेण्डा हुने मेयर हर्कको भनाइ छ। 'पार्टीको एजेण्डा एउटै हुने छ भ्रष्टाचार गरेर ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी घोक्रे ठ्याक लाएर जेल कोच्ने!'

सोही क्रममा उनले विदेशमा पलायन भएको पैसा फिर्ता गर्ने उद्देश्यसहित सबैको साथ समेत खोजेको जनाएका छन्। उनले भने, 'पलायन भएको पैसा फिर्ता गर्ने! दिने हो साथ?'

यस्तै मेयर हर्कले यो देशको फोहोरी राजनीतिलाई सफा गर्ने हो र देशको फोहोर तह लगाउने नै हो भने माथि मूहानबाटै सफा गर्नु पर्ने बताएका छन्। उनले तल तल मात्रै सफा गरेर नहुने भन्दै मुहान नै दुषित भएको व्यंग्य समेत गरेका छन्।

उनले आफूबाहेकले देश बनाउन नसक्ने बताएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.