add

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा साढे ६१ करोड, अधिकांश सूचकमा सुधार






ActPro Nepal

|

१ फागुन, २०८१

|
66

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सेको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २.३६ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ६१ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १ करोड ४२ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म कम्पनीले ६० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलनसँगै लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.९० प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी ३६.१३ प्रतिशतले बढेर ६४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले खर्च २५.९१ प्रतिशतले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिका कम्पनीको खर्च १ अर्ब ६० करोड रुपैयाँ थियो ।

हाल १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ संचिति छ । कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३८ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.०५ रुपैयाँबाट घटेर ११.८६ रुपैयाँमा सीमित भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.