add

गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैं नशालु ’ सार्वजनिक ( भिडियो सहित )






ActPro Nepal

|

१ फागुन, २०८१

|
93

चितवन ।  चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैं नशालु ’ बोलको गीत सार्वजनिक भएको छ ।

चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम् को रहेको छ । पहिलो पाईला मिडिया हाउस प्रा.लि. द्वारा निर्माण गरिएको गीतको भिडियोमा कलाकार संकल्प लामिछाने, सुमन ठकुरी र कोपिला भारतीको मुख्य भूमिका रहेको छ । उक्त गीतको भिडियो संकल्प लामिछानेले नै निर्देशन गरेका छन् । 

यस्तै, टेलिसिरियल तिरीमिरी झ्याईका कलाकारहरुको पनि अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई रबि कोइरालाले छायांकन गरेका छन् , भने सम्पादन / कलर निरक थापा र अमृत चापागाईंले गरेका छन् । प्रेममा धोका पाएको विषयलाई फिल्मी शैलीमा बनेको गीतको संगीत सम्योजन बिनोद बाजुरालीले गरेका छन् । यसैगरी, उक्त गीतको मिक्सिङ खड्का बाजुरालीले गरेका छन्, भने रेकर्डिस्टमा  सागर बाजुराली रहेका छन् । मन छुने शब्द प्रस्तुत गरिएको गीत माला श्री रेकर्डिङले बजारमा पठाएको हो । 

त्यसैगरी, उक्त गीतको भिडियो पहिलो पाईला मिडिया हाउसको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायतका विभिन्न मिडिया रहेको छ । संकल्प लामिछाने आफैँमा गायक सर्जक बाहेका हास्यबङग्य कलाकार पनि हुन्, उनले तिरीमिरी झ्याई, समाज जस्ता चर्चित टेलिसिरियलको निर्देशन गरिसकेका छन् । त्यस्तै, लामिछानेका यस अघि नै सुन माया धोका दिन्छौ कि, आशा पलाउने, परदेशी फर्की आउने कि लगायत करिव आधा दर्जन गीत बजारमा आएका छन् र हजारौँ दर्शकहरुको माया पनि पाईसकेका छन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.