काठमाडौं । काठमाडाैंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीनै जना पहिचान खुलेको छ।
मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल काठमाडौं चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका–९ भीमसेनगोला बस्ने १४ वर्षीय शुशाङ्क डोटेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।
क्रिसल पुरीको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसैगरि सुरेश तामाङको नेपाल मेडिकल कजेल र शुशाङ्क डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको एसपी बोहराले जनाए।
शनिबार अपराह्न नगरकोटबाट फर्कँदै गरेका विद्यार्थीहरू सवार बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा पाँच जना गम्भीर घाइते छन् भने ३४ जना सामान्य घाइते छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.