add

ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना






ActPro Nepal

|

१ फागुन, २०८१

|
65

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग तत्काल भेट हुन आशा राखेको बताएका छन्। दुई देशका नेताबीच भएको फोन वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने सवालमा छलफल भएपछि साउदी अरेबियामा पुटिनसँग भेट हुन सक्ने ट्रम्पले बताएका हुन्।

साथै ट्रम्प र क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले फोन वार्तामा दुवै देशका नेता एक आपसको देश भ्रमण गर्न चाहेको समेत बताएका छन्। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्स्कीले पनि समकक्षी अमेरिकीसँग एक घण्टा लामो फोन वार्ता भएको बताएका छन्।

तीन वर्ष अघि युक्रेन कब्जा गर्ने उद्देश्यमा साथ रुसले पूर्ण शक्ति लगाएर आक्रमण गरेको थियो। सो आक्रमणपछि रुसले युक्रेनको चार हजार वर्ग किलोमिटर भन्दा बढी भूमि कब्जामा लिइसकेको छ। साथै त्यसै समयमा दुवै देशले हजारौँ जान गुमाइसकेका छन्। यसरी मारिने मध्य धेरै सेना छन्।

यस अघि सन् २०१४ मा नै रुसले युक्रेनबाट त्रिमिया लिएको थियो। यस पटक आक्रमण गर्दै पूर्वी सीमाको लुहान्सक र डोहन्सटेकसम्म पुगेको थियो। यसअघि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले सन् २०१४ कै समयमा फर्कनु युक्रेनका लागि असम्भव भएको बताएका थिए। ट्रम्पले रुसले केही भूमि फिर्ता गर्ने गरी युद्ध विराम हुने समेत बताएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.