add

शुक्रबारदेखि नेपाल एग्रिटेक, फूड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुँदै






ActPro Nepal

|

३० माघ, २०८१

|
94

काठमाडौं । यही शुक्रबार (फागुन २ गते)देखि ‘सातौं नेपाल एग्रीटेक तथा नेपाल फूड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । फागुन ४ गते संचालनमा हुने उक्त एक्स्पो काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरूको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो आयोजना गर्न लागेका हुन् ।

यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भूमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरूमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल रहेका छन् ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।

सबैको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

कृषि र प्रविधिका फरक फरक स्टल समूह रहने

यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् ।

मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरि व्यवस्था मिलाइएको छ । यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भन्न सकिन्छ ।

यस प्रर्दशनीमा देशै भरिका अगुवा किसान, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, निति निर्माता, व्यवसायी, उधमी, व्यापारी, आयातकता, निर्यातकर्ता, सरकारी तथा गैर–सरकारी संस्थाहरू, बैंक तथा  बित्तिय संस्थाहरू, अनुसन्धान कर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरूको विशेष उपस्थिति हुने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.