add

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग






ActPro Nepal

|

३० माघ, २०८१

|
50

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कबाट छुट पाउन अनुरोध गरेको टोकियोका शीर्ष सरकारी प्रवक्ताले बताएका छन् ।

ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसले क्यानाडा, मेक्सिको र युरोपेली सङ्घ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।

“हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ…हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ”, प्रवक्ता योशिमासा हायासीले पत्रकारहरूलाई भने ।

 उनका अनुसार यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको थियो । “जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ”, उनले भने ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए । तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो ।

 “ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ’”, व्यापार मन्त्रालयका एक अधिकारीले भने । ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.