add

शिवम् सिमेन्ट: नाफा घट्दा पनि जगेडा कोषले उत्साह थप्यो






ActPro Nepal

|

२८ माघ, २०८१

|
115

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६१.७७ प्रतिशतले घटेको हो ।

शिवम्ले चालु आवको पुस मसान्तसम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ करोड १७ लाख रुपैयाँ कम हो । गत वर्ष दोस्रो त्रैमाससम्म शिवम्ले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी घट्दा खुद नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यस्तो आम्दानी ४१ करोड रुपैयाँले घटेको हो ।

त्यस्तै, कम्पनीको अन्य आम्दानी १७ करोडबाट घटेर १२ करोडमा सीमित भएको छ । बिक्री घटेसँगै कम्पनीको बिक्री लागत पनि घटेर ३ अर्ब १ करोड रुपैयाँबाट घटेर २ अर्ब ७० करोड रुपैयाँमा घटेको छ ।

समीक्षा अवधिमा शिवम्को खर्च १२.३८ प्रतिशतले घटेर ४४ करोड ६४ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा कम्पनीको खर्च ५० करोड ९४ लाख रुपैयाँ थियो ।

हाल ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब १५ करोड संचिति छ ।

नाफामा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ३.८३ रुपैयाँले घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.९१ रुपैयाँबाट घटेर २.०८ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.