add

सत्तासँग सहमति नभएपछि रेशम चौधरीको अध्यक्षता संकटमा






ActPro Nepal

|

२८ माघ, २०८१

|
123

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टीले भव्य रुपमा महाधिवेशन गरेपनि स्वीकृत नभएकोमा असन्तुष्टि जनाएका छन्।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे। नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराएका छन्।

उनले भने, ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ। एक लाख ३९ हजार जनालाई भात खुवायौँ टीकापुरमा। नाउपाले भव्य महाधिवेशन ग¥यो। एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो। पाँच–पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिकका लागि पुग्यौं’, उनले भने, ‘आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ। त्यहाँबाट पाँच महिना लाग्छ भन्नु भयो। सत्तासँग कुरा मिलेन। चिल गाडीबाट ओर्लिदा नओर्लिदै मेरो अध्यक्ष पद त गइ सकेछ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.