काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले एकैपटक तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो ।
बैंककमा आयोजना भएको आइसीसी २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा सन नेपालले उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।
कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ र ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा अवार्ड पाएको हो ।
बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले ग्रहण गरेका थिए।
कम्पनीका अनुसार यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ। यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्ने कम्पनीले विश्वास गरेको छ ।
सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत् देशभर जीवन बीमा सेवा प्रदान गरिरहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।