काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले भ्यालेन्टाइन डे अफर ल्याएको छ । एयरलाइन्सले १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डेलाई थप स्मरणीय मनाउन उक्त अफर ल्याएको हो ।
बुद्ध एयरका अनुसार उक्त अफर अन्तर्गत ग्राहकले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने छन् ।
यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिइने एयरलाइन्सले जनाएको छ । त्यस्तै, उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल, चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भाैचर समेत दिइने बुद्धले जनाएको छ ।
त्यसैगरी, एयरलाइन्सले गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई-ला-बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भाैचर दिनेछ ।
साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट उपलब्ध गराइने एयरलाइन्सले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।