add

नबिल बैंकद्वारा ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न






ActPro Nepal

|

२७ माघ, २०८१

|
89

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा दोस्रो र तेस्रो कोहर्टका सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गर्दै चौथो कोहर्टका सहभागीलाई स्वागत गरिएको थियो।

नबिल एसएसई कार्यक्रम तीन वर्षदेखि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित छ। यस कार्यक्रमले सामाजिक उद्यमशीलतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्य राखेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम समाजमा सकारात्मक परिवर्तन ल्याउने महत्त्वपूर्ण प्रयास भएको बताउँदै यसलाई अझै विस्तार गर्न सकिने धारणा राखे। त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले उद्यमशीलता प्रवर्द्धनका लागि शैक्षिक संस्था र व्यवसायीक क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

बैंकका निर्देशक निर्वाण चौधरीले नेपाली युवालाई रोजगारदाता बन्न प्रेरित गर्ने फेलोसिप कार्यक्रमको प्रभावबारे चर्चा गरे। उनले सहभागीका उत्पादन क्रमशः परिष्कृत हुँदै गइरहेको बताउँदै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म पु¥याउने सम्भावना औंल्याए।

त्रिविका रेक्टर प्राडा खड्ग केसीले चीनले १९८० को दशकदेखि यस्ता कार्यक्रम सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि शैक्षिक संस्था र उद्योगबीच सहकार्य आवश्यक रहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म १,२०० जनालाई रोजगारी सिर्जना गरिसकेको जानकारी दिए। वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे।  कार्यक्रमका दौरान फेलोहरूद्वारा उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टल राखिएको थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.