add

पूर्वाधार विकासमा अवरोध नर्गन अध्यक्ष ढकालको आग्रह






ActPro Nepal

|

२५ माघ, २०८१

|
71

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘क्यान इन्फोटेकको ३० औं संस्करणको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

उनले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा बताए । उनले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह गरे ।

सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरू खेदजनक रहेको अध्यक्ष ढकालको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.