काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५४.९० प्रतिशतले बढेको छ ।
चालु आवको पुस मसान्तसम्म कम्पनीले ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ करोड रुपैयाँ धेरै हो । साहसले गत वर्ष दोस्रो त्रैमाससम्म ४५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री हुने आम्दानी झण्डै दोब्बरले बढ्दा र वित्तीय खर्च घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
चालु आवको ६ महिनामा साहसले १ अर्ब ६१ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । गत वर्ष यही अवधिमा ८७ करोड ७१ लाख रुपैयाँ बराबरको विद्युन् बाक्री गरेको थियो ।
त्यस्तै, कम्पनीको कुल आम्दानी ८२.२७ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँँ पुगेको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च ६४ करोड ७६ लाख रुपैयाँबाट घटेर ४४ लाख रुपैयाँमा झरेको छ ।
हाल ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ९७ करोड रुपैयाँ संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १७८.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.०७ गुणा रहेको छ ।
कम्पनीले निजी क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन १७ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।