add

शेखर कोइराला र म एकैठाउँ छौं : गगन थापा






ActPro Nepal

|

२४ माघ, २०८१

|
81

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेता डा.शेखर कोइराला र आफू आजका दिनसम्म एकैठाउँ रहेको बताएका छन् ।

कांग्रेसका जिल्ला सभापति र जनप्रतिधिहरूका लागि पोखरामा संचालन भएको दुई दिने प्रशिक्षण कार्यक्रमपछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो भनाइ राखेका हुन्।

थापाले समूहको कुरा हुँदा आफू अहिले पनि कोइरालाकै साथमा रहेको बताए । महामन्त्री थापाले संचारकर्मीसँग भने, ‘१५ औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौं। म चाहिँ त्यहीँ छु, म भएको ठाउँमै शेखर कोइराला डाक्टर सा’व पनि हुनुहुन्छ भन्ने ठान्छु । रहने–नरहने भन्ने कुरा आ–आफ्नो व्यक्तिगत छनौटको कुरा भयो,’ उनले भने।

कांग्रेसका दुई नेताबीच दूरी बढेको चर्चा भइरहेका बेला थापाबाट पोखरामा यस्तो प्रश्टोक्ति आएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.