add

नेप्सेमा ४० अंकको उतरचढाव, ४ कम्पनीको मूल्यमा सर्किट






ActPro Nepal

|

२१ माघ, २०८१

|
9

काठमाडौं । सेयर बजारमा झिनाे अंककाे वृद्धि भएको छ । बजार खुल्ने बित्तिकै उच्च अंकले बढेको नेप्सेमा १२ बजेपछि बिक्री चाप बढ्दा अन्त्यमा २ अंकले मात्र बढेर बन्द भएको हाे । दिनभरमा नेप्सेमा ४० अंकको उतरचढाव आएको छ ।

आइतबार एकैदिन झण्डै ७० अंकले बढेको सेयर बजारमा आज प्रफिट बुक गर्ने हाबी हुँदा गति लिन नसकेको हो । सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ ।

सूचकमा झिनो वृद्धि भए पनि आज कारोबरा रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८ करोडले घटेर ११ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । निर्जीवन बीमा समूह सर्वाधिक ०.८२ प्रतिशतले बढेको छ भने फाइनान्स १.०७ प्रतिशतले घटेको छ ।

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र भूगोल इनर्जीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरकाको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यिनका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.