add

बैंकिङ प्रणालीमा इतिहासकै धेरै पैसा, ६७ खर्ब नाघ्यो निक्षेप






ActPro Nepal

|

१६ माघ, २०८१

|
18

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम लगातार बढेको छ । एकोहोरो निक्षेप बढिरहँदा बैंकिङ प्रणालीको कुल निक्षेप ६७ खर्ब रुपैयाँ नाघेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको हो । यो नेपाली बैंकिङ इतिहासमा हालसम्मकै धेरै हो ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षे देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकारभन्दा पनि ठूलो रहेको छ । बैंकमा रहेको निक्षेप जीडीपीको १२४.५८ प्रतिशत हो । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्रै ५९ खर्ब ६९ अर्ब रुपैयाँ छ भने अन्य संस्थामा ७ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ ।

रेमिटेन्समा आप्रवाहमा उल्लेख्य वृद्धि, आयात घट्नु, सरकारले पूँजीगत खर्च बढाउनु लगायत कारणले निक्षेप बढेको हो । निक्षेप एकोहोरो बढे पनि अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग भने बढ्न सकेको छैन ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकहरूको ४७ खर्ब ९९ अर्ब र अन्य संस्थाको ६ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।

निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । हाल समग्रमा सीडी रेसियो ७९.४५ प्रतिशत रहेको छ । राष्ट्र बैंकले सीडी रेसियोको सीमा ९० प्रतिशत तोकेको छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) रहेको छ ।

राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्र तर्फ साढे १२ प्रतिशत अर्थात् ६ खर्ब बढी कर्जा विस्तारको लक्ष्य राखे प


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.