add

पुनर्बीमा कम्पनीहरूको पुँजि वृद्धिको समय १ वर्ष थपियो,कुनले कति थप्नु पर्छ ?






ActPro Nepal

|

१४ माघ, २०८१

|
307

काठमाडौं । पुनर्बीमा कम्पनीहरूको चुक्ता पूँजी पुर्याउने समय १ वर्ष थप भएको छ ।

पुनर्बीमा कम्पनीले यसअघि तोकिएको समयमा चुक्ता पूँजी पुर्याउन नसकेपछि नेपाल बीमा प्राधिकरणले पूँजी वृद्धि गर्ने समय १ वर्ष थप्ने निर्णय गरेको हो ।

प्राधिकरण संचालक समितिको पुस अन्तिम साता बसेको बैठकले पूँजी वृद्धि गर्ने समय १ वर्ष थप्ने निर्णय गरेको हो ।

प्राधिकरणले २०८० माघ १७ गते पुनर्बीमा कम्पनीहरूले १ वर्षभित्र २० अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने निर्णय गरेको थियो । सो अनुसार यही माघ १७ गतेसम्म दुवै पुनर्बीमा कम्पनीले चुक्ता पूँजी २० पुर्याउनुपर्ने थियो । तर, कुनैले पनि पुर्याउन नसकेपछि प्राधिकरणले फेरि समय थप गरेको हो ।

नेपालमा हाल हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनबीर्मा गरी दुई वटा पुनर्बीमा कम्पनी संचालनमा छन् । जसमा नेपाल पुनर्बीमाको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ भने हिमालयन रिको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।

मालयनले ८० प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पूँजी पुर्याउने प्रस्ताव गरे पनि प्राधिकरणले हालसम्म स्वीकृति दिएको छैन । नेपाल पुनर्बीमाले भने हालसम्म पूँजी वृद्धिको योजना नै पेश गरेको छैन ।

तोकिएको चुक्ता पूँजी पुर्याउन हिमालयनले ९ अर्ब ६० करोड रुपैयाँ र नेपाल पुनर्बीमाले ६ अर्ब ५८ करोड रुपैयाँ पूँजी थप गर्नुपर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.