add

६ महिनामा वीरगञ्जबाट ८७ अर्बको पेट्रोलियम पदार्थ आयात, ३७ अर्ब राजस्व उठ्यो






ActPro Nepal

|

१० माघ, २०८१

|
102

वीरगञ्ज । चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएशन टर्बाइन फ्युल (एटीएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको ६ महिनामा २ लाख २० हजार ३८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।

चालु आवको ६ महिनामा ८ अर्ब ९ करोड रुपैयाँ बराबरको ८९ हजार ३८० किलोलिटर (एटीएफ) आयातबाट १ अर्ब १ करोड र ३६ करोड २० लाख बराबरको ४ हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।

आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.