काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (माघ १० गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कोषको लाभांश पाउने छन् ।
कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले माघ २८ गते २५औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे सुरु हुनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।