add

यी हुन् एक अर्बभन्दा बढी नाफा कमाउने एघार बैंक,कुनको कति ?






ActPro Nepal

|

७ माघ, २०८१

|
353

काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ४.६२ प्रतिशतले घटेको हो ।

२० वटा वाणिज्य बैंकहरूले चालु आवको पुस मसान्तसम्म २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३२ करोड रुपैयाँ कम हो । गत वर्ष दोस्रो त्रैमाससम्म बैंकहरूले २८ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

अर्थतन्त्रमा आएको संकुचनका कारण नयाँ व्यवसाय विस्तार गर्न नसक्दा र विगतमा लगानी गरिएको कर्जा असुल्न नसक्दा नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैंकहरूको खराब कर्जा बढ्न गई प्रोभिजन रकम बढेकाले नाफा घटेको हो ।

साथै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असल ऋणमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन रकम १.२ प्रतिशतबाट १.१ प्रतिशतमा झारेको थियो । यसले पनि बैंकहरूको थप नाफा घट्न नदिन सहयोग गरेको छ ।

११ बैंकको नाफा बढ्यो

समीक्षा अवधिमा २० मध्ये ११ बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ । यस अवधिमा प्रभु बैंकको खुद नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले बढाएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाको ५७.१८ प्रतिशत, ग्लोबल आइएमईको ४९.५१ प्रतिशत र एनएमबी बैंकको ४५.६१ प्रतिशतले नाफा बढेको छ ।

समीक्षा अवधिमा एनआइसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले घटेको छ । त्यस्तै, कुमारी ६८.२ प्रतिशत, राष्ट्रिय वाणिज्यको ६२.१४ प्रतिशत, सिद्धार्थको ५३.३६ प्रतिशत, कृषि विकासको २९.३५ प्रतिशत र नेपाल बैंकको २१.८७ प्रतिशतले घटेको छ ।

नबिल बन्यो धेरै कमाउने

६ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नबिलको नाफा १.२९ प्रतिशतले बढेको छ । गत वर्ष पुससम्म नबिलले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंक दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । पुस मसान्तसम्म गलेबलले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबलले गत वर्ष २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

पुससम्म नेपाल इन्भेष्टमेन्टले २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा इन्भेष्टमेन्टको नाफा ५७.१८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, पुससम्म एभरेष्टले २ अर्ब ७ करोड, एनएमबीले २ अर्ब, प्राइम कमर्शियलले १ अर्ब ८६ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ६४ करोड, हिमालयनले १ अर्ब ५१ करोड, प्रभुले १ अर्ब ३३ करोड, सापनमाले १ अर्ब १९ करोड र लक्ष्मी सनराइजले १ अर्ब १६ करोड नाफा कमाएका छन् ।

समीक्षा अवधिमा ९ बैंकको नाफा भने १ अर्बभन्दा कम छ । जसमा कृषि विकास ९६ करोड, नेपाल एसबीआइ ९० करोड, माछापुच्छ्रे ८० करोड, राष्ट्रिय वाणिज्य ७६ करोड, सिटिजन्स ६६ करोड, सिद्धार्थ ५३ करोड, नेपाल ४६ करोडले र कुमारी साढे २५ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा एनआइसी एशियाले सबैभन्दा कम १५ करोड १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष एनआइसीको नाफा ९२.०३ प्रतिशतले घटेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.