add

मूल्यवृद्धिदर ६.०५ प्रतिशत, तरकारी सबैभन्दा महँगो






ActPro Nepal

|

२७ पुष, २०८१

|
191

काठमाडौं । बजार भाउ उकालो लाग्ने क्रमले गत मंसिरमा पनि निरन्तरता पाएको छ । सोही क्रममा गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ६.०५ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यो ४.९५ प्रतिशत रहेको थियो ।

गत मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९२ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ र ४.९२ प्रतिशतले बढेका थिए ।

यस आर्थिक वर्षको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्य सबैभन्दा धेरै ४३.०५, दाल तथा गेडागुडीको १०.६६, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । तर, सोही अवधिमा मरमसला उप–समूहको मूल्यवृद्धि १.१८ र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ७.९८, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.