add

सन् २०२४ मा भित्रिए साढे ११ लाख विदेशी पर्यटक






ActPro Nepal

|

१८ पुष, २०८१

|
182

काठमाडौं । २०२४ मा नेपालमा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ ।

नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।

२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।

यस वर्ष भारतबाट मात्र ३ लाख १७ हजार ७७२ जना पर्यटक नेपाल आएका छन् ।

अमेरिकाबाट १ लाख ११ हजार २१६, चीनबाट १ लाख १ हजार ८७९, बंगलादेशबाट ४८ हजार ८४८ जना पर्यटक नेपाल आएका छन् । यूकेबाट ५७ हजार ५५४ जना, जर्मनीबाट २९ हजार ८०१ जना पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.