add

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो






ActPro Nepal

|

१६ पुष, २०८१

|
39

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार एकैदिन २१ अंकले घटेको नेप्से आज ३३ अंकले घटेको हो । आज इन्ट्राडेमा नेप्से ६४ अंकसम्मले घटेको थियो ।

मुख्यगरी फाइनान्स कम्पनी र विकास बैंकका लगानीकर्ताहरू आत्तिँदा सेयर बजारमा पहिरो गएको हो । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएसँग वित्तीय रुपमा कमजोर फाइनान्स र विकास बैंकमा लगानी गरेकाहरू आत्तिएर सेयर बेच्न थालेकाले नेप्सेमा दबाब परेको देखिन्छ ।

त्यस्तै, बजारमा ब्रोकरहरूले दिने कोल्याटर लिमिटमा कडाइ गर्न लागिएको भन्ने हल्लाका कारण दबाब परेको लगानीकर्ताहरू बताउँछन् ।

मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले बढेर ५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटामध्ये अन्य बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ भने अन्य समूहको परिसूचक ०.०६ प्रतिशतले बढेको छ ।

आज प्रभु बैंकको सर्वाधिक ३५ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २८ कम्पनीकोमात्रै सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज नाडेप लघुवित्तका सेयरधनीले भने सर्वाधिक ४.०१ प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.