add

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल बीच छुट सम्बन्धी सम्झौता






ActPro Nepal

|

८ पुष, २०८१

|
105

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा नेपाल बैंकका कर्मचारीहरुलाई बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई २५ प्रतिशतले छुट पाउने छन् ।

बैंकका कर्मचारी र ग्राहक उक्त हस्पिटलले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.