काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो ।
जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । सुदूपश्चिमलाई जिताउन निदो भण्डारीले ५५ वलमा नटआउट ५८ रन बनाएन । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, सैफ जैबले ३२ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले १६ बलमा नटआउट २० रन बनाए । जनकपुरका लागि ललित नारायण राजवंशी र किशोर महत्तोले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो । । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान १/१ विकेट लिए । सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।